हुम्ला फागुन २९ गते ।
विश्वभरी फैलिरहेको कोरोना भाइरस बिरुद्ध मुगुको सोरु गाउपालीकामा पनि सतर्कता बढाइएको छ ।
कोरोना भाईरसले त्रसीत बनाई रहेका बेला भाइरस बिरुद्ध सतर्कता अपनाउन सोरु गाउपालीका प्रवेश गर्ने ३ सीमा क्षेत्रमा अस्थायी हेल्थ डेक्स स्थापना गरीएको हो ।
कोरोना भाइरसको सतर्कता बढाउँदै शंकास्पद बिरामी परिक्षण तथा उपचारका लागि कर्णाली प्रदेश भित्रीने सक्ने संभावना भए पछि सीमावर्ती नाकामा पनि अस्थायी हेल्थ डेक्स स्थापना गरीएको सोरु स्वास्थ्य शाखा प्रमुख कर्ण बहादुर सावतले जानकारी दिनुभएको छ ।
उहाका अनुसार हुम्ला सँग जोडीएको धैनकोटकोे दोभाव,हुम्ला सँगै जोडीयको तुम्चको बालुकुना र सोरुकै तारापानीमा हेल्थ डेक्स स्थापना गरीएको बताउनु भयो।
स्थापना भए सगै शंकास्पद बिरामी देखी अपरीचीत लाई समेत परिक्षण गरीने भएको स्वस्थ्य शाखा प्रमुख सावतले बताउनु भएको हो । “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु बेश ,, भने जस्तै सोरुमा पनि सर्तकता अपनाए पछि स्थानीय पनि खुसी भएका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post