सरला सुबेदी बाँके काहलपुर चैत्र २ गते । कोहलपुर नगरपालिका स्थित बागेश्वरी बहुमुखी क्याम्पस परिसर आईतबार सरसफाइ गरिएको छ । शनिबार राती आएको हावा हुरी र असिना सहितको पानीको कारण क्याम्पस हातामा भएको फोहोर व्यवस्थापन गरी सरसफाई गरिएको हो । हावाहुरिले क्याम्पस परिसरको रुख बिरुवाको हाङ्गा र पातहरु झार्दा क्याम्पस फोहोर देखिएको र पानी पुरै जमेर आवातजावत गर्न नै कठिनाई भएपछी विद्यार्थीहरु सबै मिलेर सफाई गर्नु परेको हो । अनेरास्ववियूका नेता राजेश वलीको नेतृत्वमा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागीतामा सरसफाई गरिएको नेता वलीले जानकारी दिए । उनले गर्मी सुरु हुन लागेको अनि अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको आतन्कको कारण पनि वातावरण स्वच्छ अनि सफा राख्नु पर्ने भएको ले सरसफाई गर्नु परेको बताए ।
सरसफाई कार्यक्रममा नेविसंघ क्याम्पस कमिटिका उपाध्यक्ष शक्ति शाही, रामराज मल्ल, अनेरास्ववियूका नेता देवेन्द्र बुढा, सुमन वि.सी महेन्द्र मल्ल लगायतको सहभागीता रहेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post