खोजखबर संवाददाता
बाँके साउन ३ गते । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार कार्यक्रम भएको छ । संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको छलफलमा नेपाल सरकारले आ.ब ०७६।०७७ देखि लागु गरेको निति , नियम, ऐन, कानूनको विषयमा उपभोक्ता देखि व्यपारीलाई पर्ने प्रभाव सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सदस्य मो. याकुब अन्सारी, उद्योग वाणिज्य संघका नि.वर्तमान अध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख धवल शम्शेर राणा लगायतको सहभागीता रहेको संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले बताउनु भयो । आर्थिक निति अब्यवहारिक भएको भन्दै उद्योगि ब्यवसायी आन्दोलनमा छन ।
Discussion about this post