खड्क सुनार मुगु चैत ३ गते ।
प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले समग्र मुगु जिल्ला लाई शान्ति सुरक्षा , अमन चयनमा पहिलो प्राथमिकता रहेको जानकारी दिएका छन् । पछिल्लो समय हत्या ,हिंसा , जस्ता जघन्य अपराध बढ्दै लाई न्युनीकरण गर्न यस्तो कदम चालेको जानकारी दिएका हुन् । यहि फागुन ४ गते कर्णाली प्रदेशको दुर्गम मानिने मुगु जिल्लामा उनले पाईला टेकेपछि समग्र मुगु जिल्ला लाई शान्ति सुरक्षाको कदम चालेका छन् ।
प्रदेश नं १ झापा जिल्ला प्रशासन कार्यालयबाट कर्णाली प्रदेश जिल्ला प्रशासन कार्यालय कार्यालय मुगुमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी निरौलाले आफ्नो दैनिक कार्य सम्पादनको मुख्य कदम सुशासन, शान्ति सुरक्षा कायम गरी जिल्लाका सबै खाले विकास निमार्णको सहजीकरण , मदिरा निषेध जस्ता कदम चालिने बताएका छन् । प्रजिअ निरौलाले आफनो दैनिक कार्यको मुख्य कार्य जिल्लाको सुशासन, शान्ति सुरक्षा कायम गरी जिल्लाको सबै खाले विकास निमार्णको सहजीकरण हुने बताएका हुन् ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सञ्चारकर्मीसँगको छलफल कार्यक्रमम मुगु जिल्लामा आफ्नो कार्यकाल सम्म कुनै पनि सरकारी कार्यालय तथा प्रशासन कार्यालयबाट हुने दैनिक सेवा प्रवाहमा कुनै कमी हुन नदिन सुशासन, शान्ति सुरक्षा र जिल्लाका सबै विकास निमार्णमा हातेमालो गरेर जिल्ला लाई नमुना बनाउने उनले दावि गरेका छन् ।
सुशासन, शान्ति सुरक्षा कायम गरी विकास निर्माणमा सहजीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लाका सबै सरकारी कार्यालयका कार्यालय प्रमुखलाई बोलाई ३४ प्रकारका लिखित प्रतिबद्धता समेत गराएको जानकारी दिएका छन् ।
कालो बजारी विकास निर्माणमा ढिलासुस्ति तथा आर्थिक हिनामिना र अन्य अपराधिक क्रियाकलाप मुक्त गर्न शान्ति सुरक्षालाई असर नगरिदिन र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन जिल्ला स्थित राजनीतिक दलका नेतालाई समेत प्रतिबद्धता गराइएको प्रजिअ निरौलाले बताएका जनाएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post