सरला सुबेदी बाँके चैत्र ३ गते ।
कोरोनाको डरले रुपैडिया भन्सार नाका बन्द हुने हल्ला मात्र भएको इलाका प्रहरी कार्यलय जमुनाहका असई प्रबिन खड्काले बताएका छन । आगामी चैत्र ५ गते देखी सम्पुर्ण विद्यालय बन्द रहने हल्ला सङ्गै रुपैडिया सिमा नाका बन्द हुने भनेर हल्ला मात्र फिजिएको र यसै हल्ला सङ्गै भारत बाट नेपाल आउने क्रम दिनप्रतिदिन बड्दो रहेको र कोरोना भाईरसको डरले पहिलेको तुलनामा नेपालबाट भारत तर्फ काम गर्न जाने क्रम घट्दो रहेको असई खड्काले बताएका हुन । उनले दैनिक रुपमा भारत बाट १४ सयको हाराहारिमा नेपाल फर्कने गरेको बताए ।
बिश्वब्यापी रुपमा कोरोनाको त्रास फैलिए सङ्गै सिमानामा चेकजाँच गरिए सङ्गै हेल्थ डेक्स राखेर स्वास्थ जाच गर्न थालिएको छ । दैनिक रुपमा भारत बाट नेपाल फर्कनेको स्वास्थ जाच गर्दै १००.४ डिग्री भन्दा बढी तापक्रम भएका व्यक्तिलाई नोबेल कोरोना भाइरसको लक्षण जाचको लागी रिफर गर्ने गरिएको र नि:शुल्क रुपमा स्वास्थ परिक्षण गर्ने गरिएको हेल्थपोष्ट्मा कार्यरत जैसपुर स्वास्थ चौकिका हेल्थ असिस्टेन्ट भागिरथ थारुले बताए ।
Discussion about this post