सुनवल चैत्र ३ गते ।
सुनवल नगरपालिका कृषि विकास शाखाले नगरपालिका भित्रका १३ वटै वडाका प्रत्येक घरधुरीको कृषि तथ्याङ्क संकलन गर्ने भएको छ । पालिकाले mWaterएप्लिकेशनको प्रयोग गरी वास प्लान निर्माण गर्न लागेकाले सोही तथ्याङ्कका साथ साथै प्रत्येक घरधुरीमा पुगी कृषि तथ्याङ्क समेत संकलन गर्न लागेको हो । नगरपालिकाले पालिका भित्रका बालमैत्री स्वमसेवको रुपमा कार्यरत स्वयमसेवकहरुलाईनै तथ्यांक संकलकका रुपमा आज १ दिने तालिम दिएको छ ।
घरमुलिको विवरण सहित नगरपालिकको निति अनुसार घरमा करेसाबारी, कौसिखेती,खेतियोग्य जमिन, सिंचितअसिंचितजमिन, माछापालन, मौरीपालन भएको नभएको तथा खद्यान्नबालि दलहनबालि, तेलहनबालि, जस्ता बालिहरु कति क्षेत्रफलमा लगाईएको र वार्षिक उत्पादन कति हुने सो सम्मबन्धि विवरण , फलफुल खेति कुन र कति क्षेत्रफलमा कति बोट लगाएको, कृषि बिमा गरिएको नगरिएको, कृषि ऋण लिएको नलिएको आवश्यक रहेको नरहेको, कुनै सरकारी अनुदान पाएको नपाएको, पाएको भएमा कुन कार्यका लागि पाएको जस्ता विविध विषय प्रश्नमा समावेश गरिएको कृषि विकाश शाखा प्रमुख श्री सन्तोष कण्डेंलले जाकारी गराउनु भयो ।कडेंलले तथ्यांकले नगरपालिकको कृषि सम्बन्धि योजना निर्माण र कार्यान्वयमा प्रभावकारी भुमिका निर्वाह गर्नेमा आशावादि रहेको बताउनु भयो । यो तथ्याङ्क संकलन गर्न आउने तथ्याङ्क संकलकलाई कृषकले सहि र तथ्य तथ्याङ्क दिएर सहयोग गर्न अनुरोध गर्दै यो तथ्याङ्क नगरपालिकको कृषी योजना निर्माणका लागि भएकाले कृषकले दिएको तथ्याङ्ककै आधारमा सुनवल नगरपालिकाको योजना निर्माण हुने बताउनु भयो । त्यसै गरि जिल्ला वास संयोजक श्री दिपेश सिग्देलले वास र कृषिको सहि तथ्याङ्क चैत्र महिना भित्रमा १३ वटै वडा बाट संकलन भै सक्ने जानकारी गराउनुभयो ।
Discussion about this post