मानव अधिकार सम्बेशील पत्रकारीता सम्पन्न
अमृता घर्ति मगर बाँके,३ चैत्र । नेपालगंज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नेपालको प्रेसजगतले लोकतन्त्र र प्रजातन्त्रको सुरक्षा गरेको बताएका छन् ।
नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन (हुरीपप) ले आयोजना गरेको पाँच दिने दिने ‘मानव अधिकार संवेदनशील पत्रकारिता’ तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बेहनाले लोकतन्त्र, प्रजातन्त्र स्थापनाको लागि अहं भूमिका खेलेको प्रेसजगत् स्वतन्त्र व्यावसायिक हुनुपर्ने सुझाएका थिए ।
उनले पत्रकारसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले सञ्चारकर्मीहरूलाई पनि पूर्वाग्रह नभइदिन आग्रह गर्दै वडा अध्यक्षमा निर्वाचित भए पछि पहिलो पटक सफल तालिम भएको देखेको जिकिर गर्नु भयो । कार्यपालिका सदस्य इन्द्रा शाहीले पत्रकारले मानव अधिकार रक्षाको लागि स्वतन्त्र भएर कलम चलाउनुपर्ने बताए ।
वडा सदस्य मेनका बैद्यले जनप्रतिनिधिहरूको सन्दर्भमा पत्रकारहरूले अनावश्यक टीका–टिप्पणी गर्ने गरेको आरोप लगाउदै तालिम लिएकाहरुलाई निष्पक्ष भएर कलम चलाउन अपिल गर्नु भयो ।
प्रशिक्षक निरज गौतमले नेपालका पत्रकारहरूमध्ये आधा आफ्नै कारणले जोखिममा परिरहेको बताए । उनले पत्रकारिता पेशामा लागेका व्यक्तिहरूले पत्रकारिता मात्रै गरेको खण्डमा समस्या कम आउने बताए। उनले पत्रकारलाई मानव अधिकार रक्षाको क्षेत्रमा लागिपर्न पनि सुझाएका थिए। प्रशिक्षक गौतमले अभाव र चुनौतीका बावजुद नेपाली मिडिया अगाडि बढिरहेकोमा सराहना गरेका थिए ।
यस्तै प्रशिक्षक डक्ट प्रसाद धितालले स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको परिकल्पना सम्भव छैन ।
प्रजातान्त्रिक संस्कृतिलाई हुर्काउन र संस्थागत गर्न पनि पत्रकारिता अत्यन्तै आवश्यक विषय हो । पत्रकारिता सभ्य समाजको शिक्षक, समालोचक र पहरेदार हो । प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई समाजमा स्थापित गर्न स्वतन्त्र पत्रकारिता महत्त्वपूर्ण पक्ष हो । यस्तै जनताको स्वतन्त्राको संरक्षण गर्ने अभिभावक अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रलाई मानिएको छ जसले सधैँ जागरुक भई नागरिकको स्वतन्त्रताको संरक्षण गर्ने गरेको बताउनु भयो ।
वडा सचिव गौरि कुमारी शाहीले पत्रकारीता सञ्चार भित्र रमाउने कला हो । सञ्चार बगैचा हो भने पत्रकारीता फूल हो । समाजको हितमा सञ्चारमा सञ्चारका उपयोग गर्ने कार्य पत्रकारीता भएकोले स्वतन्त्र भएर काम गर्न सुझाव दिनु भयो ।
सहभागि पत्रकार पुजा बैश्यले समाजमा भएका विकृति र विसंगतिहरूको पर्दाफास गर्दै यसले पहुँच नभएका नागरिकको पक्षमा वकालत गर्दछ साथै शासक र शासित वर्गबीचको भेदलाई कम गर्दै आपसी संवाद, सहमति र सहकार्यको वातावरण सिर्जना गर्दछ । मुलुकमा सरकार गठनदेखि विघटनसम्म भ्रष्टाचारी कर्मचारीलाई कारबाहीदेखि इमानदार राष्ट्रसेवकलाई पुरस्कृत गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नसक्छ । समाजमा व्याप्त भ्रष्टाचार र दण्डहीनतालाई न्यून वा निरुत्साहित गर्न पनि पत्रकारिता पछि परेको देखिँदैन भन्ने धारण राख्नु भएको थियो ।
पत्रकार यूवा डांगीले राज्यका तीन अंगहरू छन् तर दर्शकदीर्घामा हेर्नुस् त्यहाँ राज्यका तीनै अंगभन्दा महत्वपूर्ण चौथो अंग पत्रकार बसिरहेको छ । त्यसैले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंगका रूपमा हेरिन्छ । प्रतिस्पर्धात्मक सञ्चार बजारमा सर्वसाधारण जनतालाई तुलनात्मक रूपमा बढी सन्तुलित र सही जानकारी प्राप्त हुनसक्छ भन्ने विश्वासमा पत्रकारिता आधारित छ । सर्वसाधारणको हितको पक्षमा आजको समाजमा पत्रकारिताले काम गरेको बताउनु भयो ।
थर्ड एलायन्सका प्रमुख आलम खानले सीमित व्यक्तिहरूको स्वार्थका लागि पर्दा पछाडि भएका, भइरहेका वा हुनसक्ने गोरखधन्दालाई पर्दाफास गर्न पत्रकारिता कहिल्यै पछाडि पर्दैन । त्यसैले सम्पूर्ण पत्रकारिता नै समाजमा परिवर्तनको संवाहक हो । पत्रकारिता अहिले विश्वमै व्यापक रुपमा व्यावसायिक बन्दै गइरहेको छ । यसले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिवर्तन ल्याउने हुँदा आमनागरिकलाई पनि उत्तरदायी हुन सिकाइरहेको जिकिर गर्नु भयो । यसै बिच हुरीपपलाई निरन्तर सहयोग गर्ने डटवर्कस प्रालि र लेप्टप रिपेयरिङ्ग हाउसलाई सम्मान गरिएको थियो ।
पाँच दिने तालिमको समापन गर्दै आयोज संस्थाका उपाध्यक्ष मोहम्मद ज्याउलहकले नागरिक पत्रकारिता अहिलेको वर्तमान परिवेशमा अत्यन्तै महत्वका साथ बढिरहेको छ । यसमा व्यावसायिक पत्रकारहरूको सहभागिता नरही सर्वसाधारण नागरिकको प्रत्यक्ष सहभागिता हुन्छ । सञ्चारमाध्यमको मूल प्रवाहबाट बहिष्कृत सचेत समुदायले आफैँ पत्रकारिता सुरु गर्दछन् । त्यसैले समग्ररूपमा हेर्ने हो भने पत्रकारिताले आमनागरिकलाई सचेत, सबल र सक्षम मात्र नबनाई जिम्मेवार पनि बनाउने विचार राख्नु भएको थियो ।
हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउलहकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना,अतिथिहरु वडा नं. ४ का सचिव गौरी कुमारी शाही,सदस्य इन्द्रा शाही, मेनका बैद्य,जयपत्रा कोरी, पत्रकारहरु निरज गौतम,डक्ट धिताल र प्रशिक्षार्थी पत्रकारहरुले आफनो विचार राख्नु भएको थियो भने कार्यक्रमको संचालन समिर अलि बेहना,अमृता घर्ति मगर,पुजा बैश्य,उमा केसीले संयुक्त रुपमा संचालन गर्नु भएको थियो ।
Discussion about this post