बाँके चैत ४ गते । पछिल्ला केही दिन देखि अचाक्ली सवारी दुर्घटना हुन थालेपछि बाँके ट्राफिकले त्यसको न्यूनिकरणका लागि बाँकेमा पहिलो पटक लेन अनुशासन कार्यक्रम सुरु गरेको छ । लेन अनुशासन कार्यक्रममा सवारी चालकहरुलाई सडकमै बोलाएर लेन अनुशासन बारेमा जानकारी दिने गरिएको बाँके ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिनुभयो । एक हप्ता सम्म चालकहरुलाई लेन अनुशासनबारे सिकाइने छ । लेन अनुशासन सम्बन्धि जानकारी लिएका चालकहरुले त्यसको उल्लंघन गरेर कारवाही गर्ने बमले चेतावनी दिनुभयो । सुरुवाती दिनहरुमा यो नियम लागू गराउन गाह्रो भएता पनि चालकहरुलाई लेन सम्बन्धि राम्रो तरिकाले जानकारी दिएकाले सबैले यसको पालना गर्ने बिश्वास बमको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post