बाँके चैत ४ गते । पछिल्ला केही बर्ष यता बाँकेको विकट मानिने नरैनापुर र राप्तीसोनारीमा मातृ तथा नवजात शिशु मृत्युदरमा सुधार आएको छ । आइएनएफ बाँकेद्धारा सन्चालित मातृ तथा नवजात शिशु परियोजना सुरु भएपछि त्यसक्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सुधार आएको हो । करिव ४ बर्षदेखि यो परियोजना नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका ३, ४, ५, ६ र ७ नम्वर वडामा सन्चालन हुँदै आएको आइएनएफ बाँकेका प्रोजेक्ट तथा हस्पिटल म्यानेजर श्याम विकले जानकारी दिनुभयो । उक्त परियोजनाले नरैनापुर राप्तीसोनारीका एउटा प्राथमिक स्वास्थ्य चौकीसहित ८ वटा स्वास्थ्य चौकीमा भौतिक पूर्वाधार निर्माणदेखि बर्थिङ सेन्टरका लागि चाहिने महत्वपूर्ण उपकरण समेत प्रदान गरेको छ । मुख्यतहः मातृ तथा नवजात शिशु मृत्युदर घटाउन हामीले दुईवटा क्षेत्रमा काम गर्दै आएका छौं परियोजना अधिकृत रेखा रावलले भन्नुभयो ‘एउटा सुमदायस्तरीय जनचेतना जगाउने र अर्को स्वास्थ्य संस्थालाई सुदृढ गर्ने हो ।’ समुदायस्तरमा जनचेतना जगाउन १३२ वटा आमा र पुरुष समूह गठन गरिएका छन् भने स्वास्थ्य संस्थालाई सुदृढ गराउन बर्थिङ सेन्टरमा चाहिने उपकरण, सोलार, प्रतिक्षालय हल, भवन रंगरोगन, बाउण्डरीसँगै स्वास्थ्यकर्मीलाई दक्ष गराउन तालिम समेत दिने गरिएको कार्यक्रम अधिकृत रावलको भनाइ छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने क्रम बढेसँगै मातृ तथा नवजात शिशु मृत्यु घटेको हो । यसअघि घरमै सुत्केरी हुने चलन थियो । ति आमा समूहले स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे स्थानीयस्तरमा जानकारी गराउनु र स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरहरु पनि सुविधा सम्पन्न हुँदा संस्थागत सुत्केरी दर बढेको हो ।

बन्यो एक कोठे प्रतिक्षालय हल
बाँकेको राप्तीसोनारी गाउँपालिका ७ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरीका कुरुवाहरुका लागि सहज होस् भन्ने उद्देश्यले एक कोठे प्रतिक्षालय हल निर्माण भएको छ । उक्त हलको आज वडाअध्यक्ष रामलखन थारुले उद्घाटन गर्नुभयो । आइएनएफ बाँकेको ८ लाख १३ हजार २९ रुपैयाँ लागतमा भवन बनेको हो । बर्थिङ सेन्टरमा सुत्केरीका कुरुवाहरुलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यले हल निर्माण गरिएको म्यानेजर विकले बताउनुभयो । त्यसक्रममा वडाअध्यक्ष थारुले आइएनएफले स्वास्थ्य चौकीमा ठूलो लगानी गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । अन्य संघसंस्थाहरुले सुझाव र आलोचना गर्ने गरेको स्मरण गर्दै उहाँले तर आइएनएफले प्रत्यक्ष आर्थिक सहयोग गरेर स्वास्थ्य सेवालाई गुणस्तरीयता कायम गराउने सवालमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभएको हो ।

Discussion about this post