बाँके कोहलपुर चैत्र ४ गते । बाँकेको कोहलपुरमा बसपार्कमा मंगलबार कोरोना भाईरस ९ कोभिड १९० विरुद्ध पूर्वतयारी अपनाउँदै सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्पडेस्कको स्थापना गरिएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले बसपार्कमा हेल्प डेस्कको स्थापना गरेको हो ।हेल्पडेस्क स्थापना कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निम्ति कार्यालय प्रमुख अगंत बहादुर शाहीले बाँकेमा कोरोना भाईरस ९ कोभिड १९० विरुद्ध जमुनाह नाका, सुइया नाका रांझा विमानस्थल नेपालजग तथा ,कोहलपुर बसपार्कमा गरी ४ ठाँउमा हेल्पडेस्कको स्थापना गरिएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले विश्व महामारीको रुपमा देखिएको कोरोना भाईरस ९ कोभिड १९० बारे सर्तकता अपनाउन आग्रह गर्दै कोहलपुर बसपार्क मानिसहरुको आवतजावत गर्ने ट्रान्जिट प्वाइन्ट भएकाले हेल्पडेस्कको स्थापना गरिएको बताए । साथै उनले कुनैपनि शंकास्पद विरामी भेटिएमा हेल्पडेस्कका कर्मचारीलाई जानकारी दिन आग्रह गरे । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले दैनिक २ सिफ्टमा २÷२ जना कर्मचारी हेल्पडेस्कमा खटिने जानकारी दिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post