शुक्रराज आचार्य भरतपुर चैत्र ४ गते । बिपद् जोखिम न्यूनीकरणको सवालमा संकटासन्न समुह सँग समुदायस्तरीय कार्यशाला गोष्ठी भरतपुर महानगरपालीका—३ का वडा अध्यक्ष चन्द्र मित्र पण्डितको अध्यक्षतामा वाडा नम्बर ३ को सभाहलमा सम्पन्न भएको छ ।
उक्त वडाको टोल बिकास सँस्था तथा आमा समुहका अध्यक्ष तथा जनप्रतिनीधिहरुको सहभागीतामा मंगलबार सम्पन्न गरीएको हो ।
उक्त गोष्ठीमा ४७ जनाको सहभागिता रहेको थियो । उक्त गोष्ठिको उदेश्य बारे मेड नेपालका परियोजना सहयोग अधिकृत इश्वरी प्रसाद न्यौपानले प्रकास पार्नु भएको थियो ।
त्यसैगरी बिपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रस्तुति यु.एन. डि.पी तर्फबाट अन्जना शर्मा ले गर्नुभएको थियो । उपस्थीत सहभागीहरुलाई ३ समुहमा बिभाजन गरी मुख्य प्रकोप कारण तथा असर, ऐतिहासीक समयरेखा तथा वडा नम्बरको स्रोत तथा सामाजीक नक्सा सम्बन्धी सामुहिक कार्य गरिएको थियो । जाहा जोखिका तत्वहरु, संकटासन्न समुदायको अबस्थीती सम्बन्धी सम्पूर्ण सुचना सहभागीहरु वाट प्राप्त गरिएको छ ।
उक्त कार्यक्रमको उद्घोषण मेड नेपालका भरतपुर वडा नम्बर ३ कार्यरत कर्मचारी सुवास शर्मा ले गर्नुभएको थियो ।
Discussion about this post