बाँके चैत ४ गते । विश्वभरी आतंक मच्चाइरहेको कोरोनाको जोखिमबारे चेतना जगाउन नेपालगन्जका चोकचोकमा व्यानर टाँसिएको छ । क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको पहलमा आज पुष्पलाल चोक, विपिचोक, गणेशमान चोक, त्रिभुवन चोक, सेतु विक चोकलगायतका आठ स्थानमा व्यानर टाँसिएको हो ।
क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका संयोजक डाक्टर विनोद कर्णका अनुसार, उक्त व्यानरमा कोरोनाबाट जोगिन अपनाउनु पर्ने पूर्वतयारीको बिषय उल्लेख गरिएको छ । जयपृथ्वी कृषि सहकारी संस्था र आमा बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सचेतनामूलक व्यानर टाँसिएको क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका अभियान्ता रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोली बुधवार एक हजार माक्स वितरण गरिने कार्यक्रम छ । जमुनाहा नाकामा निःशूल्क माक्स वितरणको कार्यक्रम राखिएको हो ।
Discussion about this post