खोजखबर संवाददाता
बाँके चैत ५ गते । मालपोत, यातायात, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयहरुमा सबैभन्दा बढी भीडभाड र सेवाग्राहीको चाप हुने गरेको छ । यि कार्यालयहरुमा कर्मचारी नपुग्दै सेवाग्राहीहरु ढोकामा पुगिसकेका हुन्छन् । सरकारले सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रदान गर्न मालपोत, यातायात, जिल्ला प्रशासन कार्यालयमा ईसेवा जडान गरेको छ । ईसेवा छिटोछरितो पनि हो । तर यसको प्रयोग भन्दा दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण खोज्न कतै जानु पर्दैन केवल जिल्ला प्रशासन कार्यालय बाँके आए पुग्छ । यहाँका कर्मचारी कम्प्युटरमा मज्जाले फिल्म लगाएर नतमस्तक हुने गरेका छन् । सेवाग्राही बाहिर लाइनमा छन् । भित्र कर्मचारी फिल्ममा झुम्मिएका छन् । एकजना सेवाग्राही भन्दै थिए डाडु पन्यू सबै उनैको हातमा छ बढी बोल्यो भने हप्ता दिन झुलाईदिन्छन् । छिटो गरिदिनुहोस् सर । यो बाहेक अरु के भनौं । बाँकेका सिडियो कुमारबहादुर खड्काले सेवाग्राहीलाई प्रशासनबाट हुने सेवामा कुनै कन्जुस्याई नगरिएको बताउनुहुन्छ ।
Discussion about this post