बाँके चैत ५ गते । नेपालगन्जको पुरैनीमा विद्यार्थी तथा युवाहरुसंग ट्राफिक नियम बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
। राइजिङ आइडल्स बाँकेको आयोजना र नेपालगंज उपमहानगरपालिका २२ नंं।वडा कार्यालय पुरैनी बाँकेको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा आधरभुत बिधालय पुरैनीका १०० जना विघार्थी तथा युवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरिक्षक ईश्वरी देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा बस चढ्ने तरिका,पैदल यात्रा गर्ने तरिका,साईकल चलाई यात्रा गर्ने तरिका तथा ट्राफिक नियम विपरित काम गरेमा नेपालको कानुन तथा यसका दण्ड जरिवानका बारेमा जानकारी गराउनु भयो ।
७लदकउस नेपालगंज उपमहानगरपालिका २२ नं। वडा कार्यालय पुरैनीका वडा अध्यक्ष विद्याराम बर्मा, आधारभूत विद्यालय पुरैनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार बर्मा,जिल्ला बाल क्लब संजाल बाँकेका अध्यक्ष मेनुका रावत वडा स्तरिय युवा क्लब संजाल १० नंं वडाका अध्यक्ष ऋतिक शाही लगयत यस कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।राइजिङ आइडल्स बाँकेका अध्यक्ष बिनोद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्ना भएको थियो ।
Discussion about this post