सरला सुबेदी बाँके चैत्र ५ गते । बालविवाह अन्त्यका लागी कार्ययोजना निमार्ण सम्बन्धि कार्याशाला गोष्ठी बुधबार कोहलपरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना प्लान ईन्टरनेशनलको नेपालको सहयोग तथा स्याक नेपालको समन्वय र सहकार्यमा संचालन गरिएको सो कार्यशालामा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले बालविवाह न्युनीकरणका लागी निर्देशिका बनाएर पास गरिसकेको बताउदै बालविवाह अन्त्य गर्न सबै आ आफ्नो ठाउँ बाट लाग्नुपर्ने बताए ।
त्यस्तै कार्यशालामा बोल्दै कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले बाल विवाह व्यक्ति ,समाजका लागी नराम्रो पक्ष भएको बताउदै उमेर पुगेपछि मात्र विवाह गनुृपर्ने सन्देश दिनपनुपर्ने बताए । नगरपालिकाकै आयोजनामा सोमबार पालिकामा भएका बालबालिका सम्बन्धि नितिहरुको समिक्षा कार्यक्रम समेत सम्पन्न गरिएको छ ।स्याक नेपालकी फिल्ड सुपरभाईजर लसिना वलीले जानकारी दिईन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post