बाँके चैत ५ गते । बाँकेको कौशिलानगरस्थित नेपाली सेनाको भवन बनाउने क्रममा आज करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । नेपाली सेनाको शिक्षालयको परिसर नजिकै सामुदायिक वनभित्र बनिरहेको नयाँ भवनमा काम गरिरहेका कोहलपुर नगरपालिका २ का ५० बर्षिय सोहनलाल थारुको करेन्ट लागेर ज्यान गएको हो । भवनको जग खन्ने बेला बनेको खाल्डोमा रहेको पानी फाल्ने क्रममा थारुलाई करेन्ट लागेको नेपाली सेनाको कौशिलानगर व्यारेकले जनाएको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post