बाँके चैत ७ गते । मुस्लिम समाज नेपालगनञ्जले निःशूल्क माक्स वितरण गरेको छ। विश्व व्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन मुस्लिम समाजले धम्बोझी चोकमा निःशूल्क माक्स वितरण गरेको हो । अहिलेसम्म १५९ वटा राष्ट्रमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि फैलिन सक्ने जोखिम रहेकाले त्यसको पूर्वतयारीका रुपमा माक्स वितरण गरिएको मुस्लिम समाजका महासचिव मोहम्मद जुबेर राईले जानकारी दिनुभयो ।
उहाँले अहिले सम्म कोरोनाको संक्रमण भएका व्यक्ति नेपालमा नदेखिएको र छिमेकी मुलुक भारतमा संक्रमित व्यक्ति भेटिएकाले नेपालमा पुर्व साबधानी अपनाउन खुला सिमा नाका बन्द गर्नु पर्ने उहाँको भनाइ छ । उहाँले आज नेपालगञ्जमा पाँच सय माक्स वितरण गरिएको र भोलि खजुरामा माक्स वितरण गरिने बताउनुभयो ।
उहाँले मुस्लिम समाजबाट दुई हजार माक्स बितरण गर्ने योजना रहेको पनि बताउनुभयो । माक्स वितरण संग संगै समाजले साबुन पानीले हात धुन अनि स्वस्थ खाना खान र सुरक्षित तरिकाले बस्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, संघका महासचिव चिरञ्जीवी वलि, हरि न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post