बाँके चैत ८ गते । कोरोना भाइर कोभिड–१९ नियन्त्रणका लागि प्रदेश ५ सरकारले ६ वटा आइसोलेसन वार्डयुक्त अस्पताल बनाउने तयारी गरेको छ । कोरोना रोकथाम तथा उपचारका लागि र्यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको प्रदेश ५ सरकारले लकडाउनको अवस्था विश्लेषण गर्ने जिम्मेवारी सीडीओहरुलाई समेत तोकेको छ । कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीमा ३, बाँकेमा २ र दाङमा एउटा अस्पताल बनाउने निर्णय गरेको हो ।अस्पताल बनाउन रुपन्देहीको बुटवल धागो कारखाना, भैरहवाको भीम अस्पताल र देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस तोकिएको छ । बाँकेमा क्यान्सर रोग अस्पताल र नेपाल प्रहरीको अस्पतालमा तथा दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पतालमा आइसोलेसनयुक्त अस्पताल बनाउने प्रदेश सरकारको तयारी छ ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले करिब दश हजार बढी मानिसहरुको ज्यान गइसकेको छ। लाखौ मानिस यसको संक्रमणमा परेका छन।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post