बाँके चैत ८ गते । बाँकेका उद्योग व्यवसाय भोलीदेखि बन्द हुने भएका छन् । खाद्यान्न र मेडिकल बाहेक अन्य उद्योग व्यवसाय बन्द गरिने भएको हो । छिमेकी देश भारतमा कोरोना फैलिने क्रम बढ्दै गएकाले पूर्व सतर्कताका लागि नेपालगन्ज, कोहलपुरका मुख्य बजार बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो । खड्काको नेतृत्वमा आज बसेको सम्बद्ध सरोकारवालाहरुको बैठकले कोरोना भित्रिन नदिन सबै संयन्त्रणको उपयोग गर्ने निर्णय गरेको छ । बैठकले भारतसँग सीमा जोडिएको नेपालगन्जको जमुनाह नाकाबाहेक अन्य सबै नाका शिल गरेको छ । भोलीसम्म लायन्स डेन्टल अस्पताल नेपालगन्जमा आईसुलेसन स्थापना गर्ने गरी आजैदेखि तयारी सुरु भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post