बाँके चैत ८ गते । बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ मैटहवा माविलाई क्वारेनटाइन बनाउने भएको छ । खजुरा गाउँपालिका कार्यपालिकाको आज बसेको ४९ औं बैठकले सो निर्णय गरेको छ । कोरोना विरुद्ध लड्न व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याउने निर्णय समेत गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले केन्द्र, प्रदेश सरकारले गरेका निर्णय पूर्णपालना गर्दै कोरोना रोक्थामका लागि विभिन्न १५ वटा निर्णय गरेको खजुरा गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य चौकीहरुलाई अझ व्यवस्थित गर्दै हेल्थ डेक्सको रुपमा पनि प्रयोग गरिने बताइएको छ । केन्द्र सरकार र प्रदेश सरकारबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निर्णयहरु पूर्णरुपमा पालना गर्ने बैठकले निर्णय गरेको छ । खजुरा गाउँपालिकामा गठन भएको गाउँपालिका स्तरीय समन्वय समिति, वडा स्तरीय समन्वय समिति, स्थानिय द्रुत प्रतिकार्य टिम (च्च्त्) र सामुदायिक द्रुत प्रतिकार्य टिमलाई उच्च सर्तकता अपनाई आ–आप्mनो क्षेत्रमा प्रभावकारीरुपमा कार्य गर्ने र सो को जानकारी दैनिक पालिकामा उपलव्ध गराउने ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post