खोजखबर संवाददाता
बाँके साउन ५ गते । नेपालगञ्ज उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार गोविन्द शर्मा नियुक्त भएका छन् । उपमहानगरपालिकाको बोर्ड बैठकले पत्रकार शर्मालाई प्रेस सल्लाहकारमा नियुक्त गरेको प्रबक्ता प्रमोद रिजालले बताउनुभयो । शर्मा नेपालगञ्जबाट प्रकाशित लोकप्रिय सन्देश दैनिक र लोकप्रिय न्यूज डट कमका प्रधान सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । १५ बर्षदेखि नेपालगञ्जमा पत्रकारितामा सक्रिय शर्मा गोरखापत्र दैनिक र उज्यालो नेटवर्कको बाँके समाचारदाताको रुपमा कार्यरत रहनुभएको छ । नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब उपाध्यक्ष शर्मा हाल महासंघको केन्द्रीय पार्षद हुनुहुन्छ ।
यसैगरी बोर्ड बैठकले अधिबक्ता सुनिल श्रेष्ठलाई कानूनी सल्लाहकारमा नियुक्त गरेको छ । यसैगरी वडा कार्यालयमा आर्थिक अधिकार दिने निर्णय समेत बैठकले गरेको छ । बैठकमा मेयर डा. धवलशम्शेर राणाले राखेका प्रस्ताव सर्वसम्मत निर्णय भएको हो । आर्थिक अधिकार दिनका लागि वडामा अधिकृत तहका कर्मचारीलाई जिम्मेवारी दिइएको छ ।
Discussion about this post