काठमाडौ चैत्र ८ गते । कोरोना भाइरस को संक्रमणको नर्भिक अस्पतालमा केही मान्छेको मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने नेविसंघका नेता विवेक थापा मगर भक्तपुरबाट पक्राउ परेका छन । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।
नेविसंघका नेता विवेक थापा मगर । तस्बीरः उनको फेसबुक वालबाट उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । उनले झोर्ले न्युज भन्ने अनलाइन मार्फत उक्त अडियो अफवाह सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघमा आवद्ध रहेको उनको फेसबुकबाट देखिन्छ ।
विवेकको फेसबुकमा उनैले लेखेको बताए । र टाइमलाइनमा उनले सेयर गरेको झोर्ले न्युज ।
उनले आफूलाइ झोर्ले न्युजको सिइओको रूपमा समेत चिनाएका छन । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post