सरला सुबेदी बाँकेृ चैत्र ९ गते । विश्वमा महामारिका रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात ९कोभिट–१९० को संक्रमण भित्रिन नदिन बाँकेमा उच्च सर्तकता अपनाइएको छ । यस्तै आइतबार कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा कोहलपुरको न्युरोडमा मास्क वितरण गरिएको छ । विश्वमा स्वास्थ्य समस्याका रुपमा फैलिएको कोरोना बाँकेमा पूर्व तयारीका लागि साढे पाँच सय मास्क वितरण गरिएको मञ्चका अध्यक्ष अमृत खत्रीले जानकारी दिए ।बाटोमा हिड्ने आम नागरिक तथा सवारी चालकहरुलाई कोरोनाबारे सचेतनामूलक जानकारी दिँदै मास्क वितरण गरिएको बागेश्वरी बहुमुखी क्याम्पस अनेरास्ववियूका अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिए ।
यस्तै अहिले छिमेकी देशहरुमा समेत कोरोनाको प्रभाव देखिएकाले त्यसबारे सर्तकता अपनाउँदै पूर्व स्वरुप मास्क वितरण कार्यक्र मगरिएको अनेरास्ववियूकै अर्का नेता सुमन घिमिरेले बताए । कोहलपुरको न्यूरोडमा सञ्चालन गरिएको मास्क वितरण कार्यक्राममा बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियू सभापति दिनेश केसी, कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post