बाँके चैत १० गते । जमुनाहा नाकाबाट उद्धार गरिएका नेपाली क्वारेन्टाईनबाट भागेका छन् । सिमा नाका बन्द भएपछि आइतबार राती नेपालगन्ज आइपुगेका ५ सय बढि नेपाली नागरिकहरुलाई उपमहानगरपालिकाले सोमबार बिहान उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । पहाड जानुपर्ने भएको र दुःख पाइयो भन्दै क्वारेन्टाईनमा राखिएका सबै जना फागेका छन । भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनिहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पुर्याईएको थियो ।
गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पु¥याउने निर्णय भएसँगै उनिहरुको स्वास्थ्य परिक्षण गरी उपमहानगरको नगर बसद्धारा महेन्द्र क्याम्पस परिसरमा लगिएको थियो । महेन्द्र क्याम्पस लग्नुअघि जमुनाह नाकामै सबैको स्वास्थ्य परिक्षण गरीएको थियो । क्याम्पसमा राखिसकिएपछि उनीहरुलाई को को कहाँबाटा आएको र पठाउने तयारी गरिरहेकै क्रममा क्याम्पसको पर्खाल कुदेर फागेका छन । प्रत्यक्षदर्शीका अनुसार क्याम्पस हाताभित्र प्रहरी भएपनि प्रहरी मुकदर्शक बनेर बसेका थिए ।
Discussion about this post