जावेद अन्सारी बाँके चैत १० गते ।
पूर्वमन्त्री एंव बाँके क्षेत्र नम्वर २ बाट निर्वा्चित संघीय सांसद मोहम्मद इस्तियाक राईले कोरोनाको जोखिम न्यूनिकरण गर्न सरकारले गरेका निर्णयहरु सबैले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सरकार देशलाई लक डाउन गरेर कोरोनाको जोखिम न्यूनिकरणमा जुधिरहेका बेला सील गरिएको नाकाबाट नेपालीहरु प्रवेश गर्न दिइएको प्रति सांसद राइको आपत्ती थियो । बाँकेका सिडियो कुमार बहादुर खड्का, एसपी वीरबहादुर ओली, प्रदेश सांसदहरु कृष्णा केसी नमूना, आइपी खरेल, उपमेयर उमा थापामगरको पहलमा जमुनाहा नाकामा अलपत्र परेका ५ सय बढी नेपालीहरुलाई नेपालगन्ज भित्र्याइएको थियो ।

महेन्द्र बहुमुखि क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएका मध्ये २ सय ५० जना भागिसकेका छन् । अनलाइन खोजखवरसँगको बिशेष कुराकानीमा उहाँले भारतमा महामारीकै रुपमा लिन थालिसकेको कोरोनाले जोखिम क्षेत्रबाट आएकालाई सामान्य चेकजाँचबाटै नेपाल प्रवेश गराउनु अपरिपक्व कदम भएको टिप्पणी गर्नुभयो ।

‘मानविय कुरा एउटा हो उहाँले भन्नुभयो, भोली यसको जिम्मेवारी कस्ले लिन्छ रु’ कोरोनाले विश्वभर नै आतंक मच्चाइरहेका बेला बाँकेका प्रहरी प्रशासन र केही जनप्रतिनिधिहरुले गरेको यो कदप बलाक्चापन भएको पूर्वमन्त्री राइको भनाइ छ । सरकारले नै सीमा सिल गरिसकेको अवस्थामा आउजाउ गर्न दिने अधिकार स्थानीय प्रशासन र जनप्रतिनिधिलाई कस्ले दियो उहाँको प्रश्न थियो । उहाँले जोखिम न्यूनिकरण गर्नका लागि डन्डै चलाउन परे प्रहरी प्रशासन पछि पर्न नहुने बताउनुभयो । उहाँले आवश्यक परे आफ्नो २२४ कठ्ठा जग्गा क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गर्नुभयो ।

राईले कोरोना भारइरस भित्रिन नदिन नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान नै शुरु गर्नुभएको छ ।पूर्वमन्त्री राईले मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कुमार कनौडियालाई सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट गर्ने मेसिन तथा मास्कहरु हस्तारन्तरण गर्नु भयो ।

राईले ६ वटा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट मेसिन ल्याएर नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, सीमानाका र क्वारेन्टाइन तथा बढी भिडभाड हुने ठाउँमा सोमवारबाटै सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने कार्य शुरु गरिएको बताउनु भयो । उहाँले सरसफाईका लागि सबै पालिकालाई समन्वयका लागि आग्रह गर्नुभयो ।

जिल्लाका विभिन्न अस्पतालहरु, क्वारेन्टाइन, नाका तथा भिडभाड हुने ठाउँहरुमा पहिलो चरणमा सेनिटाइज गरिने तथा त्यसपछि मन्दिर, मस्जिद, गुरुद्धारा, चर्च र अन्य स्थानमा पनि सेनिटाइज गराइने राईको योजना छ । स्थानीय सरकारले हालसम्म सहरलाई सेनिटाइज गर्ने कुनै पनि कार्य नगरेकोले बाध्य भएर आफुले ६ वटा मेसिन, त्यसमा लाग्ने औषधी, पोशाक र मास्क वितरण गरेको बताउनु भयो ।

उहाँले पहिलो चरणमा अस्पताल, प्रहरी, प्रशासन, भन्सार, सीमाना लगायतका ठाउँमा ठुलो संख्यामा मास्क पनि वितरण गरिएको बताउनु भयो । नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा रोमन किदवाईले मास्क त धेरैले बाँडीरहेको हुँदा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट अति आवश्यक भएकोले आफूले नै पूर्वमन्त्री राईलाई सो गराउन सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वतयारीका लागि सरकारबाट भएका काम पर्याप्त नभएको बताउनुभयो । यस्तै फिजिसियन असिम किदवाईले सकेसम्म रोग लाग्नै नदिने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।






Discussion about this post