बाँके चैत ११ गते । कोरोना महामारीबाट देशबासीलाई बचाउन सरकारले आजबाट देशभर लकडाउन गरेको छ। जस्का कारण मानिसहरु घरबाट बाहिर निस्केका छैनन् । नेपालगन्जपनि सुनसान भएको छ । नेपालगन्ज बजार पुर्ण रुपमा बन्द भएको छ। बजारमा मानिसहरु हिंडेका छैनन् भने सवारीसाधन समेत बन्द भएका छन् । सुरक्षाकर्मीहरुको व्यापक परिचालन गरिएको छ।
ईमर्जेन्सी सेवामा चलेका सवारीसाधनलाई समेत सुरक्षाकर्मीहरुले रोकेर सोधपुछ गरिरहेका छन् ।केही पैदल हिंडेकालाई प्रहरीले सम्झाइ बुझाइ अब नहिड्न सुझाब दिएको छ। कोरोनाबाट बच्न नेपाल सरकारले देशभर आजदेखि एक हप्तासम्मका लागि गरेको लकडाउनले र बाँके प्रशासनले लगाएको जनता कर्फ्युले बाँकेबासी सचेत भएर होम क्वारेन्टाइनमा बसेका छन् ।
Discussion about this post