बाँके चैत ११ गते । नेपालगन्जको जमुनाह नाकामा फसेका ८७ जनालाई घरतर्फ पठाइएको छ । जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालका अनुसार, बाँकेका ३५, बर्दियाका ७, जुम्लाका ११, सुर्खेतका ६, दैलेखका ४, दांगका १३, कैलाली, प्यूठान, सप्तरी, काठमान्डौ, कालिकोटका एकएकजना गरी ८७ जनालाई घर पठाइएको हो । स्थानीय प्रशासनले जनता कर्फयु लगाइरहदा भारतबाट नेपाल आउदै गरेका नेपाली नाकामा फसेका थिए । उनीहरुलाई जमूनाह नाकाबाट बसमा ल्याई घर तर्फ पठाइएको इन्चार्ज रिजालले बताउनुभयो । नाकाबाट भित्रिइका सबै मानिसको लगत लिइएको छ । नाम, ठेगाना टिपिएको छ। यी सबै मानिसको बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाइए अवगत गराइने छ । दिनभरी नाकामा बसेका उनीहरुलाई लिन दुई वटा बस पुगेका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post