बाँके चैत १२ गते । कोरोनाको संक्रमण देखिएको काठमान्डौं की १९ वर्षीया किशोरी चढेको जहाजमा बाँकेका चार जना रहेको खुलेको छ । उनीहरुको खोजी भइरहेको बाँकेका एसपी वीरबहादुर ओलीले अनलाइन खोजखवरलाई बताउनुभयो । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको थियो । उनको टेकु अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ। त्यही जहाजमा बाँकेका चार जना समेत रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्न बाँकेमा पत्र आइपुगेको हो ।चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको भएपनि ठेगाना भने खुलाइएको छैन । ठेगाना नखुल्दा नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आएकाले प्रहरी त्यसतर्फ अघि बढेको हो। चैत ४ गते दोहाबाट १५८ जना यात्रु लिएर उक्त विमान काठमान्डौ आएको थियो । आएका अधिकांश सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post