बाँके चैत १२ गते । लकडाउनको दोस्रो दिन पश्चिम नेपालको सबैभन्दा ठूलो व्यापारिक सहर नेपालगन्ज सुनसान जस्तै छ । किनमेलका लागि व्यस्त हुने वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, सेतु विक चोक, त्रिभुवन चोकलगायतका ठाउँहरु चकमन्न छन् । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ छन् । सरकारले अत्यावश्यक काम बाहेक मानिसहरुलाई घरबाहिर ननिस्कन भनेको छ । निस्किएका केही सर्वसाधरणलाई प्रहरीले सम्झाइ बुझाइ गरेर फर्काउने गरेको दृृृष्य देखिन्छ ।
अत्यावश्यक मेडिकल, खाद्यान्नका पसल, तरकारी पसल खुलेपनि अन्य पसल तथा बजार बन्द छ । सयौं विरामीको भिडभाड हुने भेरी अस्पतालमा पनि विरामीको संख्या ह्वात्तै घटेको छ । इमरजेन्सी बाहेक अन्य सबै वाड बन्द छन् । कोरोना भाइरस फैलिन नदिन सरकारले एक हप्ते देशलाई लकडाउन गरेको छ । सडकका मुख्यभन्दा भित्रि ठाउँमा भने केही सर्वसाधरणहरु सरकारको निर्णय अवेज्ञा गरेको पनि देखियो । प्रहरी प्रशासनले भित्रिसडक तर्फ खासै ध्यान दिन सकेको छैन् । के के खुल्न दिने के के बन्द हुने बारेमा समेत प्रभावकारी र सहि सूचना स्थानीय प्रशासनले नदिएका कारण सर्वसाधरणहरु अलमलमा छन् ।
Discussion about this post