बाँके चैत १२ गते । फ्रान्स जहाजबाट आएका बाँकेका तीन र बर्दियाका एकजनाको पहिचान भएको छ । तीमध्ये दुईजनालाई नेपालगन्जको महेन्द्र वहुमुखि क्याम्पसमा राखिएको छ । एकजना भने भारत गएकाले सम्पर्क हुन सकेको छैन् । उक्त उडानबाट आएका चार जना मध्ये बाँके जानकी गाउँपालिकास्थित साईगाउँ, बैजनाथ गाउँपालिका बनकटुवा, पिप्रहवा र बर्दियाका भएको बताइएको छ। सिमावर्ती क्षेत्र पिप्रहवाका एक जना भने आफन्त कहाँ भारत गएकाले उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी १९ बर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि त्यो जहाजमा सवार सवैको खोजी थालिएको थियो । त्यसक्रममा बाँकेका चारजना रहेको भन्दै बाँके प्रहरीमा पत्र आएपछि विहानैदेखि खोजतलास सुरु गरिएको थियो । केन्द्रबाट आएको नागरिकता नम्वर भिडाउदा जिल्ला प्रशासन कार्यालय, बाँकेमा फेला नपरेपछि एकजना बर्दियाको हुन सक्ने आकलनमा खोजी सुरु गरिएको थियो । बाँकेका दुई जनालाई ल्याएर क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखि क्याम्पसमा राखिएको बाँकेका एसपी वीरबहादुर ओलीले बताउनुभयो ।प्रहरीले बर्दियाका एक जनालाई पनि क्वारेन्टाइनमा राख्ने योजना बनाएको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post