बाँके चैत १२ गते । नेपालगन्जको रानीतलाउस्थित तरकारी मण्डीमा भीड लागेको छ । सरकारले तरकारी, फलफुल, खाद्यान्नलगायतका पसलहरु सन्चालनको अनुमति दिएको छ । तर स्थानीय प्रशासनले सहि सूचना दिन नसक्दा र समन्वय गर्न नसक्दा साँझ मण्डीमा भीड लागेको हो ।
कोरोनाको जोखिम न्यूनिकरणको उपाय भनेकै भीडभाड कम गर्नु हो । तर बाँके प्रशासनले त्यसको व्यवस्थापनमा कुनै चासो नै दिन नसक्दा तरकारी मण्डीमा मेला लागेको छ । तरकारी मण्डीमा देखिएको भीड देखेर एकजना भन्दै थिए फेलियर सिडियो । विहान, दिउँसो र बेलुका तरकारी, खाद्यान्नलगायतका आवश्यक सामाग्री खरिद गरेर लैजान र भीडभाड नगर्ने उपायबारे प्रशासनले व्यवस्थापन गर्न सकेको छैन् ।
Discussion about this post