जावेद अन्सारी बाँके चैत १३ गते । नेपालगन्ज नाकामा दुई दिन देखि अलपत्र नेपालीको उद्दारमा स्थानीय प्रशासन र स्थानीय सरकार मुखदर्शक बनेका छन् । भारतबाट नेपाल आउदै गरेका १६ जना दुई दिन देखि जमुनाह नाकामा अलपत्र छन् । उनीहरुले न राम्रोसँग खान पाएका छन न त सुत्न । त्रिपालमुनि बस्दै आएका उनीहरुलाई उद्दार गरेर क्वारेन्टाइन गर्न सकिने भएपनि स्थानीय प्रशासन र नेपालगन्ज उपमहानगरपालिका निरही बन्दा सकसपूर्ण दिन विताइरहेका छन् । एकजना महिला चार महिने दुधे बालकसँग दुई रात कटाइ सकिन् । खुल्ला ठाउँ, सुत्न र बस्नलाई समस्या हुँदा उनीहरुको स्वास्थ्य नै जोखिममा परेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का माथिको आदेश विना केही गर्न नसक्ने बताउँछन भने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर सिडिओको अनुमति विना केही गर्न नसक्ने बताउँछिन् । स्थानीय प्रशासन र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण उनीहरुको स्वास्थ्य ठूलो जोखिममा परेको हो । जवकी नाकादेखि करिव तीन किलोमिटरको दूरीमा रहेको महेन्द्र बहुमुखि क्याम्पसमा क्यारेन्टाइन छ ।
त्यही क्वारेन्टाइनमा राख्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि सम्वध सरोकारवाला रमिते बनेका छन् । नाकामा अलपत्र परेका १६ जनालाई सरकारले खाना समेत खुवाउन सकेको छैन् । उनीहरुलाई स्थानीय केही मनकारीले आज विहान खाना खुवाएका थिए ।
Discussion about this post