बाँके चैत १३ गते । सरकारले अत्यावश्यक वस्तुको पसलको गाडी चल्न दिने भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक खाद्यवस्तुका स्टोरको डेलिभरी भ्यान चल्न दिने निर्णय गरेको हो ।यस्ता डेलिभरी भ्यानलाई जिल्ला प्रशासन कार्यालयहरुले सवारी पासको व्यवस्था गर्ने निर्णय भएको छ । पसल सञ्चालकले माग संकलन गरी ग्राहकले माग गरेको सामानको कम्बो प्याक बनाई बिक्री गर्ने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले अहिलेको जटिल समयमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता काम गरेको पाएमा ११४९ नम्बरमा फोन गरेर जानकारी दिन पनि आग्रह गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post