बाँके चैत १३ गते । सरकारले कोराना भाइरस नियन्त्रणका लागि सुरु गरेको लकडाउन कार्यान्वयन गर्न असफल जस्तै बनेको बाँके प्रहरी प्रशासनले त्यसको रिस पत्रकारलाई फेर्न थालेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र बाँकेका एसपी वीरबहादुर ओलीले लकडाउन कडाइका साथ कार्यान्वयन गर्न नसकेको बारेमा यहाँका मिडियाले सशक्तरुपमा आलोचनात्क समाचार लेख्दै, भन्दै र देखाउदै आएका छन् । सिडिओले कतिपय पत्रकारलाई फोनमै झपार्ने समेत गरेका छन् । सिडिओले पत्रकारहरुले सूचना माग्दा यतीसम्म भन्न भ्याएका छन की उनकै दिनभरी लकडाउन भएको तपाईहरुले नदेख्ने, नलेख्ने र नदेखाउने साँझको मात्र देख्ने ? मलाई असफल बनाउन लाग्नुभएको हो ? सामाजिक सन्जालमा समेत लकडाउन कार्यान्वयन गर्न प्रहरी प्रशासन असफल भएको भन्दै चर्को आलोचना भइरहेको छ । आज पुष्पलाल चोकमा पत्रकारहरुलाई देखेपछि लकडाउन कार्यान्वयन गराउन तम्सिएको प्रहरीले पत्रकारलाई समेत धक्कामुक्का गर्न भ्याएको छ । फुटेज खिचिरेहका पत्रकारलाई प्रहरीले धक्काउंदै परसम्म लखेटेको थियो । एकजना प्रत्यक्षदर्शी भन्दै थिए, बाँकेका सिडिओ र एसपीलाई के भएको हो ? सरकारको निर्णय कार्यान्वयन गराउन असफल भएपछि सिडिओ र एसपी आत्तिन थालेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post