सुनसरी चैत १३ गते । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग गरिने पथरीको एउटा र सुनसरीको एउटा एम्वुलेन्सले यात्रुहरु ओसारपसार गर्ने गरेको पाइएको छ ।
पश्चिम बाट पूर्व जाँदै गरेको को १ च ४६५८ नम्बरको पदमचन्द्र मेमोरीयल हस्पिटल प्रा.लि. पथरी र को.१ च ४६४७ नम्बरको सामुदायिक बचत तथा ऋण सहकारी संस्था इनरुवाको एम्बुलेन्सले यात्रु ओसारपसार गर्ने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गको टोलीले शंका लागेर चेकजाच गर्दा अस्पतालबाट डिस्चार्ज भएर आएको भनिए पनि कुनै कागजपत्र नभेटिएपछि दुवै एम्बुलेन्सलाई प्रहरी चौकी भाउन्नेलाई बुझाएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post