बाँके चैत १४ गते । नेपालगञ्जका मुस्लिम समुदायले अव घरमै नमाज पढ्नु पर्ने भएको छ। देशको विषम परिस्थितिलाई मध्यनजर गरेर उनीहरुले घरमै नमाज पढ्नु पर्ने भएको हो ।
दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगञ्जले सूचना जारी गरी नेपालगञ्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको छ । संचालक समितिका महासचिव मोहम्मद इरफान सिद्दिकीद्वारा जारी सुचनामा संसारभर फैलिएको कोरोना कोभिड १९ को संक्रमण नेपालमा पनि फैलिन नदिन सरकारले गरेको निर्णयको स्वागत गर्दै साथ दिने उल्लेख गरिएको छ । नेपाल सरकारको भेला, भिडभाड प्रति लगाइएको प्रतिबन्धको निर्णयलाई समर्थन गर्दै सबैले आ आफ्नै घरबाट नमाज पढ्न अनुरोध गर्दछौं ।’ सूचनामा भनिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post