बाँके चैत १४ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ६ मा आज कोरोना भाइरसविरुद्धको औषधि स्प्रे गरिएको छ । वडाअध्यक्ष समिर प्रताप सिंहले आफ्नो वडाको सम्पूर्ण क्षेत्रमा कोरोना भाइरस विरुद्धको औषधि छर्किने काम भएको जानकारी दिनुभयो । उहाँका अनुसार, ट्याक्टरमा औषधि राखेर छर्किएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले अहिलेसम्म यसबारे ध्यान दिन सकेको छैन्। केही दिन अघि संघीय सांसद मोहम्मद स्तियाक राइको पहलमा नेपालगञ्जका विभिन्न स्थानमा औषधि छर्किने कामभएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा ६ का वडाअध्यक्ष सिंहले सडकका विभिन्न क्षेत्रमा औषधि छर्किएको जानकारी दिनुभयो । औषधि छर्किएपछि स्थानीयबासीहरु समेत खुसी भएका छन् ।











Discussion about this post