बाँके चैत १४ गते । मुस्लिम समाजले भोली नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गर्ने भएको छ । कोरोना भाईरसका कारण गरिएको लकडाउनले मजदुर र असायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरिने मुस्लिम समाजले जनाएको छ । नेपालगञ्ज उपमहानगर पालिका भित्रका वडाहरुमा बस्ने मजदुर र असायहरुको लगत संकन गरेर भोलि घर–घरमै पुगेर निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिने मुस्लीम अगुवा मेराज अहमद हलुवाई हिमालयले बताउनुभयो । देशभरी गरिएको लकडाउनले ज्याला मजदुरी गरि जिविकोपार्जन चलाउनेहरुको साँझ विहानको छाक टार्न मुस्कील भैरहेको गुनासो बढि रहेको छ । समाजले करिव सात सय परिवारलाई खाद्यान्न बाड्ने योजना बनाएको छ ।




Discussion about this post