जावेद अन्सारी बाँके चैत १५ गते । सीमावर्ति रुपैडियाबाट नेपालगन्जमा आज तरकारी आउने भएको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारीलगायतका गाडीहरु भारतबाट नेपाल आइरहेका छन् । कोरोनाका कारण अहिले नेपाल र भारत दुवै देशलाई सरकारले लकडाउन गरेका छन् । तर पनि अतिआवश्यक सामाग्री भने नाकाबाट आयात निर्यात भइरहेको छ । त्यसैक्रममा रुपैडियाबाट आज दुई ट्रक तयारी आउन लागेको हो । स्थानीय उत्पादनले नेपालगन्जमा तरकारीको माग धान्न सक्दैन् । यहाँ रुपैडिया तथा छिमेकी जिल्ला सल्यानबाट समेत तरकारी आयात हुने गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post