कृष्णा यादब वीरगंज चैत्र १५ गते । बिश्वभरी महामारीको रुपमा तीब्र गतिमा फैलीरहेको कोभिड १९ अर्थात कोरोना भाइरसलाई मध्यनजर गरी सशस्त्र प्रहरी बल बिओपी अलौले जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिश्वमा महामारीको फैलिएको कोरोना भाइरसको बारेका जनचेतना जगाउने उद्देश्यले अलौको गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
सशस्त्र प्रहरी बल बिओपी अलौले बिश्वब्यापी महामारीको रुपले फैलिरहेएको नोबेल कोरोना (कोभिड १९) बाट बच्नको लागि वीरगज महानगरपालि भित्र रहेको वडा नम्बर १७ अलौ र वडा २५ श्रीसियामा सशस्त्र प्रहरी निरिक्षक रबि थापाको कमान्डमा टोल टोलको घरमा पुगेर साबुन पानीले पटक पटक हात मिचेर धुने र माक्स सेनिटाईजर प्रयोग गर्नु पर्ने सल्लाह दिदै जनचेतनामूलक कार्यक्रम गर्नु भएको छ।

Discussion about this post