जावेद अन्सारी बाँके चैत १५ गते । लकडाउनको आज पाँचौ दिन नेपालगन्जमा तुलनात्मकरुपमा मानिसहरु घरबाट बाहिर निस्कने क्रम कम हुँदै गएको छ । कोरोनाको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले देशलाई लकडाउन गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अत्यावश्यक कामबाहेक मानिसहरुलाई हिडडुल गर्नमा कडाई गरेपछि नेलालगञ्जमा साँझमा पनि हुने गरेको मानिसहरुको चहलपहल रोकिन थालेको हो ।
मुख्य चोक र चौराहमा मानिसहरुको चहलपहल पातलिदै गएको भएपनि भित्रिसडकमा पनि साँझ परेपनि मानिसहरु निस्कने क्रम रोकिएको छैन् । अत्यावश्यक काम विना नै मानिसहरु साँझ पानदेखि खुड्का खान समेत निस्कने गरेका छन् । बाँकेका एसपी वीरबहादुर ओलीले सकेसम्म लकडाउनलाई पूर्ण कार्यान्वयन गर्ने गरी प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोरोना जस्तो विश्व व्यापी आतंक मच्चाइरहेको यो संक्रमनबाट बच्ने एकमात्र उपाय भनेकै मानिसहरुबीचको दुरी कायम गर्नु हो । तर अहिले पनि यो दुरी कायम हुन भने सकेको छैन् । प्रहरीले त्यस्लाई व्यवस्थापन गर्नु हरेक नागरिकको दायित्व र कतव्र्य भएको उल्लेख गरेको छ ।
Discussion about this post