बाँके चैत १६ गते । लकडाउनका कारण विकास निर्माणका कामहरु ठप्प छन् । यस्तो अवस्थामा कर्मचारीहरु विदामा छन् । उनीहरुलाई आ आफ्नो घर जान बाँके प्रशासनले अनुमति दिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको बैठकले कर्मचारी तथा कामदारहरुलाई आफ्नो घर जान अनुमित दिने निर्णय गरेको हो । स्थानीय पालिकाका जनप्रतिनिधिसमेत सहभागी बैठकमा १४ दिन यता भारत तथा तेस्रो मुलुकबाट आएका नेपालीहरुको स्थानीय तहले स्पष्ट अभिलेख राख्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनिएको छ । त्यस्तै, स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई तयारी अवस्थामा रहन बैठकले निर्देशन दिएको छ । मानिसहरु भीडभाड हुने चोक तथा ठाउँहरुमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय समेत बैठकले गरेको छ ।



Discussion about this post