बाँके चैत १६ गते । बाँकेबाट कोरोना परिक्षणका लागि काठमाण्डौ पठाइएका थप ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।यो संगै बाँकेमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अब १० जनाको रिपोर्ट आउन बाँकि छ । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै एक १९ बर्षीया कोरोना संक्रमित युवतीसंगै नेपाल आएका बाँकेका ४ जना सहित मलेसियाबाट आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले बताउनुभयो ।
यो संगै बाँकेमा १३ वटा नमुनाको रिपोर्ट नेगेटिभ देखिएको छ । हिजो पठाइएका १० वटा नमुनाको रिपोर्ट भने आउन बाँकि छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post