बाँके चैत १६ गते । प्रेस लेखेको ज्याकेटको दुरुपयोग बढेपछि नेपाल पत्रकार महासघ बाँकेले त्यस्लाई व्यवस्थित गर्ने तयारी गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएर बजारमा अनावश्यक भीडभाड गर्ने क्रम बढेपछि आजदेखि महासंघले आफै पास उपलब्ध गराउन सुरु गरेको हो । दर्तावाला अनलाइनका लागि एक, रेडियोका लागि एक र टिभीका लागि दुईवटा पास दिने महासंघले जनाएको छ। पत्रकार महासंघले पत्रकारलाई आचारसंहितामा बसेर काम गर्न भनेको छ ।


Discussion about this post