बाँके चैत १७ गते । बाँकेको जानकी गाउँपालिका वडा नं.–१ साईगाउँका १२ जना युवालाई आज सोमबार क्वारेन्टाइनमा राखिएको छ । भारतको दिल्लीबाट आएका १२ जनालाई आज सोमबार जानकी गाउँपालिका वडा नं.–४ स्थित मानपुरमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ति युवाहरुलाई वडा नं.–१ का अध्यक्ष मोहम्मद रजा राईको नेतृत्वमा क्वारेन्टाईन पठाइएको छ । उनीहरु जानकी वडा नं.–१ संग जोडिएको नेपाल भारतको खुल्ला सिमा भएर नेपाल आउन लागेका थिए । त्यस्तै फ्रान्सबाट आएकी युवतीसंग प्लेनमा आएका जानकी गाउँपालिकाका २ जनाको रिर्पोट नेगेटिभ देखिएको छ । जानकीको क्वारेन्टाइनमा हालसम्म पाँच जना बसेका थिए । जसमध्ये ४ जनाको परिक्षण नतिजा नेगेटिभ आएको जानकी स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा वडा नं.–१ का २, वडा नं–४ का २ र वडा नं.–६–१ जना बसेका छन् । एक जनाको स्वाब अहिले पठाइएको छैन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post