बाँके चैत १७ गते । नेपाल–भारत सिमा क्षेत्र रुपैडिया दुई सय नेपाली अलपत्र परेका छन् । भारतको बिभिन्न स्थानबाट सिमा क्षेत्रमा आइपुगेका दुई सय नेपालीहरु सिमा नाका बन्द गरिएकाले भारतीय क्षेत्र रुपैडियामा अलपत्र परेका हुन । रुपैडिया निवासी पत्रकार सन्तोष शुक्लाका अनुसार भारतीय सीमा बलमार्फत नेपाली अधिकारीहरुको समन्वयमा नेपाल पठाउने प्रयास भैरहेको छ । तर सोमबार साँझसम्म कुनै समन्वय हुन सकेको छैन ।
अलपत्र परेका नेपालीहरुमा बालक, युवा र बृद्ध छन् । अलपत्र परेका नोपलीहरुलाई सोमबार बिहान एसएसबीले चिया नास्ता, पानी र दिउँसो स्थानीय युवाहरुले खाना खुवाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एव सूचना अधिकारी दिर्घराज उपाध्यायले माथिबाट कुनै आदेश हालसम्म नआएकाले व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँले भारत र नेपाल दुबैतर्फ लकाउन भएका कारणले अहिलेसम्म माथिबाट कुनै आदेश नआएको प्रष्ट पार्नुभयो । यसअघि भारतबाट आउनेहरुलाई सम्बन्धित जिल्लाहरुको क्वारेन्टाइनमा राख्ने गरि जिल्लातर्फ पठाईएको थियो ।
Discussion about this post