बाँके चैत्र १७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा ९ ढकेरिमा सोमबार मास्क वितरण गरिएको छ । कोरोना भाइरस कोभिड १९ बाट हुन सक्ने सक्रमण बाट रोकथाम गर्न राप्तीसोनारी गाउँपालिकाको सहयोगमा मास्क वितरण गरिएको हो । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्री वडा न ९ का वडाध्यक्ष महावीर वली सहितको टोलीले वडा नं ९ मा बाहिर बाट आएका व्यक्ति उनीहरूका परिवार तथा छिमेकी हरुलाइ मास्क वितरण गरिएको उपाध्यक्ष खत्रीले बताइन् । बाहिर बाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा बसिरहेको र उनीहरू बाट हुन सक्ने सक्रमण बाट जोगाउन वडा नं ९ मा करिब २ हजार मास्क वितरण गरिने उपाध्यक्ष खत्रीले बताइन ।
राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष महावीर वलीले वडामा बाहिर बाट आउने व्यक्ति हरुबाट हुन सक्ने संक्रमण रोक्न क्वारेन्टाइनको तयारीका साथै मास्क वितरण गरिएको बताए । सोमबार सम्म भारत लगाएतका स्थानहरु बाट करिब २४ वडामा भित्रीएको गरिएको वडा कार्यालयले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post