बाँके चैत १८ गते । नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु भएको छ । अपराधिक लाभ कसुरमा कैद भुक्तान गर्दै आई रहेका नेपालगञ्ज–८ का ६० वर्षिय अस्फाक अहमद सिद्दिकीको आज विहान मृत्यु भएको कारागारका जेलर देबेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिहान ७ बजे तिर एक्कासी बेहोस भएपछि उपचारको लागि भेरी अस्पताल पुराए लगत्तै उनको मृत्यु भएको बताइएको छ । मृतक सिद्दिकी लामो समयदेखी उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित रहेको जेलर श्रेष्ठले जानकारी दिनुभयो । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । उनले कारागारमा सवा दुई बर्षदेखी कैद भुक्तान गरिहेका थिए । ३ सय जना कैदी अट्ने क्षमता रहेको नेपालगन्ज कारगारामा अहिले ८ सय २५ जना कैदी छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post