बाँके चैत १८ गते । लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ B २ नेपालद्वारा कोरोना भाइरस चेकजाँचमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) भेरी अस्पताललाई प्रदान गरेको छ । अस्पतालमा बिभिन्न खालका व्यक्तीहरु आउने र स्वास्थकर्मीलाई आफ्नो सुरक्षा सङ्गै सर्वसाधारणको पनि स्वास्थको ख्याल गर्नु पर्ने हुनाले थोरै भएपनी सहयोग मिल्ने हेतुले नेपालगञ्ज भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा लाई १० थान पिपिई प्रदान गरिएको लायन एमजेएफ कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । लायन्स क्लबका लायन लीडरहरु पिडिजी लायन सेम शाक्य, पिडिजी लायन मधु सुधन शर्मा, एडवाइजर लायन ज्ञानेन्द्र श्रेष्ठ, एडवाइजर लायन मुकुट ढकाल, लायन नरेन्द्र श्रेष्ठ, लायन सरोवर प्रसाई, लायन बिष्णु श्रेष्ठ लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री पिपिई प्रदान गरिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले कोरोना विरुद्धको रोकथामका लागी लायन्स क्लबले बिभिन्न सचेतना कार्यक्रम फैलाउने कार्य गरेको उहाँले बताउनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post