बाँके चैत १९ गते । कोरोना विरुद्धको अभियानमा नेपालगन्जका मेयर धवल शम्शेर राणा मौन बसेको भन्दै नगरबासीले चिन्ता ब्यक्त गरेका छन् । बिश्व हल्लाई रहेको कोरोना विरुद्ध नगर प्रमुखको प्रयास नगन्य भएको नगरबासीको भनाइ छ । अहिले सम्म नेपालगन्ज उपमहानगरपालिकाले नगरमा सेनेटाइजर समेत गर्न सकेको छैन । बरु केही वडाले आफ्नो वडामात्र औषधि छर्किने काम गरेका छन । भारतीय सिमासंग जोडिएको नेपालगन्ज कोरोनाको उच्च जोखिममा छ । तर नगर प्रमुख मौन जस्तै बसेको भन्दै सामाजिक सन्जालमा आलोचना भइरहेको छ । युबा अभियान्ता मोहम्मद इरफानले मेयरको भुमिका देखेर आशचर्य लागेको हनेर आफ्नो फेसबुकमा लेख्नु भएको छ । उहाँ फेसबुकमा लेख्नु हुन्छ -अहिलेको अवस्थामा तपाई मिटिगंमा जाने या नगरको अध्यक्षता गरेर समान्य कामको लागी नेपालगंजवासीले मेयर बनाएको होइन अहिले तपाईले कोरोना र त्यो संगै अरू मानव संकट उत्पन्न परिस्थितिको मुकाबिला गर्ने हो ।











Discussion about this post